अत्तरिया – कैलालीको अत्तरिया बसपार्कबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन् । मंगलबार साँझ गोदावरी नगरपालिका – २ अत्तरिया स्थित बसपार्कबाट ५६० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित दार्चुलाको लेकम गाउँपालिका – ४ का २८ वर्षीय राजेन्द्र पाल पक्राउ परेका हुन ।

लागू औषधको कारोबार भइरहेको विशेष सूचनाको आधारमा इलाका प्रहरी कार्यालय मालाखेतीबाट खटिएको प्रहरी टोलीले चेकजाँच गर्दा उनको साथबाट लागू औषध बरामद गरिएको प्रहरीले जनाएको छ । उनलाई इलाका प्रहरी कार्यालय मालाखेतीमा राखेर अनुसन्धान भइरहेको छ ।

यस्तै टीकापुर नगरपालिका – ९ खक्रौलाबाट ३ ग्राम ९५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित लम्कीचुहा नगरपालिका – १ का २८ वर्षीय सन्तोष खत्री पक्राउ परेका छन् । उनलाई पनि मंगलबार साँझ प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको हो ।
यस्तै लम्कीचुहा नगरपालिका – ३ चिसापानीबाट २२० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित भारतको उत्तराखण्ड प्रदेश चम्पावत जिल्लाको पुर्णागिरी नगरपालिका बनबासा का ३० वर्षीय हर्दिप चन्द पक्राउ परेका छन् ।
डी.एल. ६ एस.बि.सी.५१०० नम्बरको मोटरसाइकलमा सवार उनलाई मंगलबार राती इलाका प्रहरी कार्यालय चिसापानीबाट खटिएको प्रहरीले पक्राउ गरेको थियो ।





















