
धनगढी– कैलालीको भजनीमा नालामा जमेको पानीमा डुबेर एक बालकको मृत्यु भएको छ । जिल्लाको भजनी नगरपालिका– ७ चर्रामा नालामा जमेको पानीमा खसेर स्थानीय बिपत राम कठरियाका १८ महिने छोरा अमन कठरियाको मृत्यु भएको हो ।
सोमबार साँझ घर आँगनमा खेलिरहेका बेला नजिकैको नालामा जमेको पानीमा खसेका ति बालक गम्भीर घाइते भएपछि उपचारका लागि प्राथमिक स्वास्थ्य केन्द्र भजनी लगिएको थियो। उपचारकै क्रममा उनको मृत्यु भएको प्रहरीले जनाएको छ। घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जानकारी दिएको छ।

















