खाेज्नुहाेस

रेशम चौधरी उम्मेद्वार हुन नपाउने

Image

धनगढी- नागरिक उन्मुक्ति पार्टी, नेपालका संरक्षक रेशम चौधरीको पक्षमा सर्वोच्च अदालत ले अन्तरिम आदेश जारी गर्न अस्विकार गरेको छ ।

navjiwan hospital

उनले दायर गरेको रिट निवेदनमाथि आइतबार सुनवाइ पछि सर्वोच्च अदालतले उनको पक्षमा अन्तरिम आदेश जारी गर्न अस्वीकार गरेको हो ।

attariya hospital

कैलाली–१ का निर्वाचन अधिकृतले उनको उम्मेदवारी खारेज गर्ने निर्णय गरेका थिए । सो निर्णयविरुद्ध उनी सर्वोच्च अदालत गएका थिए । सर्वोच्चले निर्वाचन अधिकृतको निर्णय यथावत् राखेको हो ।

अदालतले उनको पक्षमा आदेश दिन अस्विकार गरेसंगै अब उनी उम्मेद्वार हुन नपाउने भएका छन ।