
अत्तरिया– कैलालीको अत्तरियामा आजदेखी श्रीमद्भागवत सप्ताह ज्ञान महायज्ञ सुरु हुन गैरहेको छ । अत्तरियामा रहेको महिला तथा बालबालिका सेभ हाउसको आयोजनामा आजदेखी महायज्ञ सुरु हुने भएको हो ।
आज बिहान ११ बजेदेखी गोदावरी नगरपालिका– २ महेन्द्रनगर रोडमा रहेको सेभ हाउसको प्रांगणमा महायज्ञ सुरु हुने आयोजकले जनाएको छ । संस्थामा आश्रित बालबालिकाहरु लागि अक्षय कोष स्थापना गर्ने उद्देश्यले महायज्ञ आयोजना गर्न लागिएको हो । महायज्ञ फागुन ३ गतेसम्म सञ्चालन हुनेछ ।






















