खाेज्नुहाेस

कैलालीमा बालिकामाथी जबरजस्ती करणी आरोपमा एक जना पक्राउ

Image

अत्तरिया– कैलालीमा बालिकालाई जबरजस्ती करणी गरेको आरोपमा एक भारतिय नागरिक पक्राउ परेका छन । भारतको उत्तर प्रदेश लखिमपुर तिकुनिया घर भई हाल कैलालीको बर्दगोरिया गाउँपालिका– २ बस्ने साहिद अलीलाई शनिबार प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

उनलाई १५ वर्षिया बालिकालाई जबरजस्ती करणी गरेको अभियोगमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ । प्रहरीका अनुसार साहिदले ती बालिकालाई राजकुला सामुदायिक वनको जंगलमा लगि जबरजस्ती करणी गरेको भन्ने उजुरीको आधारमा इलाका प्रहरी कार्यालय सडकपुर बौनियाबाट खटिएको प्रहरीले टोलीले उनलाई शनिबार साँझ पक्राउ गरेको हो ।

attariya hospital

घटनाबारे थप अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।