काठमाडौं– आईसीसी टी–२० पुरुष विश्वकप क्रिकेटमा नेदरल्याण्ड्सले पाकिस्तानलाई १४८ रनको लक्ष्य दिएको छ ।

श्रीलंकाको कोलम्बोस्थित सिंहाली स्पाट्र्स क्लब क्रिकेट मैदानमा जारी खेलमा टस हारेर पहिले ब्याटिङ गरेको नेदरल्याण्ड्सले १९ ओभर ५ बलमा अलआउट हुँदै १४७ रन बनाएको छ । नेदरल्याण्ड्सका स्कट एडवार्डले सर्वाधिक ३७ रनको योगदान दिए ।

पाकिस्तानका सलमान मिर्जाले तीन, मोहम्मद नवाज, अबरर अहमेद, सइम अयुवले दुई–दुई तथा शाहीन शाहले एक विकेट लिए । यस्तै, आज सवा ३ बजे भारतको इडेन गार्डेनमा वेष्ट इन्डिज र स्कटल्याण्ड तथा सवा ७ बजे आयोजक भारत र अमेरिकाबीच वानखेडे रंगशालामा खेल हुनेछ ।
















