
बैतडी– बैतडीमा दुर्घटना भएको जन्ती बसका घाईते मध्ये १२ जना डिस्चार्ज भएका छन । जिल्लाको पुर्चौडी नगरपालिका–७ बडगाउँमा जन्ती बोकेको बस दुर्घटनामा घाइते भएकामध्ये १२ जना उपचारपछि डिस्चार्ज भएका हुन ।
डडेल्धुरा अस्पतालमा पु¥याएका ३२ जना घाइतेमध्ये ५ जनाको मृत्यु भएको छ भने १२ जना उपचारपछि डिस्चार्ज भएका अस्पतालले प्रकाशन गरेको प्रेस नोटमा उल्लेख गरिएको छ । अस्पतालले थप उपचारका लागि ९ जनालाई रेफर गरेको जनाएको छ । यस्तै घाइतेमध्ये ११ जनाको डडेल्धुरा अस्पतालमै उपचार भइरहेको अस्पताल श्रोतले जनाएको छ ।


















