
बैतडी– बैतडीको पुर्चौडी नगरपालिकाले आज शोक बिदा दिएको छ । बिहिवार १३ जनाको ज्यान जाने गरी भएको बस दुर्घटनामा शोक ब्यक्त गर्दै नगरपालिकाले एक दिन बिदा दिएको हो ।
नगरपालिकाले सुचना जारि गर्दै नगरभित्रका सबै सरकारी कार्यालय, विद्यालय तथा निजी संस्थाहरूमा एक दिन बिदा गर्ने निर्णय गरेको छ । बिहीबार राति ८ बजे पुर्चौडी नगरपालिका–७ को भौनीबाट दुलही लगेर फर्किएको जन्ती बस सोही वडाको बढ्गाउँ मोडमा दुर्घटनामा परेको थियो । पवनदूत यतायातको सुपप्र ०२ ००१ ख १११९ नम्बरको बस दुर्घटना हुँदा १३ जनाको मृत्यु भएको छ । ३४ जना घाइते भएका छन् ।


















