काठमाडौँ– आज सुनचाँदीको मुल्यमा सामान्य गिरावट आएको छ । बुधबारको तुलनामा आज सुनको मुल्यमा ९ हजार ५०० ले र चाँदीको मुल्यमा ६२० रुपैयाले गिरावट आएको हो ।

नेपाल सुनचाँदी व्यवसायी महासङ्घका अनुसार आज एक तोला छापावाल सुनको मूल्य २ लाख ९५ हजार २०० रहेको छ । बुधबार एक तोला छापावाल सुनको मूल्य ३ लाख ४ हजार ७०० कायम भएको थियो । त्यसैगरी आज चाँदको मुल्यमा पनि सामान्य गिरावट आएको छ । बुधबार एक तोला चाँदीको मुल्य ५ हजार ६०० कायम भएकोमा आज घटेर ४ हजार ९८० कायम भएको छ ।

अन्तरराष्ट्रिय सञ्चारमाध्यमहरूका अनुसार आज अन्तरराष्ट्रिय बजारमा एक औँस सुन पाँच हजार ७८ र त्यति नै परिमाणको सेतो धातु ९० अमेरिकी डलरमा कारोबार भइरहेको छ ।
















