
बाजुरा – बाजुरामा बाघ मृत अवस्थामा फेला परेको छ । बुढिगंगा नगरपालिका–८ रिठा स्थित रिठाबिरा सामुदायिक वनमा शुक्रवार बाघ मृत अवस्थामा फेला परेको जिल्ला प्रहरी कार्यालय बाजुराले जनाएको छ ।
स्थानीयले खबर गरेपछि अस्थायी प्रहरी पोस्ट रिठाबजार, बाजुराबाट प्रहरी टोली खटिई उक्त मृत बाघलाई आवश्यक अनुसन्धानका लागि डिभिजन वन कार्यालयको जिम्मा लगाएको प्रहरीले जनाएको छ ।




















