खाेज्नुहाेस

गोदावरी नगरपालिका– १ मा लगाईएको ताला तोडियो

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिका– १ मा लगाईएको ताला १० दिनपछि तोडिएको छ । बिहिबार वडाका जनप्रतिनिधिहरुले स्थानियहरुले डिडिसीको विषयलाई लिएर वडामा लगाएको ताला तोडेका हुन ।

वडाध्यक्ष गोपाल दत्त भट्टले डिडिसीको सन्दर्भमा संघर्ष समितिको विषयमा ऐक्यवद्धता भएपनि वडाको कामकारबाहीमा समस्या भएका कारण ताला तोडिएको बताए । उनले डिडिसीको सन्दर्भमा अझै पनि वडा कार्यालयका तर्फबाट जस्तो सुकै सहयोग गर्न पनि आफूहरु तयार रहेको बताए । ‘डिडिसी स्थानान्तण हुन्छ भन्ने विषयलाई मध्यनजर गरेर संघर्ष समिति र केही स्थानियहरुले यहाँको डिडिसीको कार्यालय र वडा कार्यालयमा दवाव सृजना गर्नका लागि तालाबन्दी गर्नुभएको थियो’ उनले भने ‘आज हामीले यहाँका सेवाग्राहीको समस्यालाई मध्यनजर गर्दै ताला खोलेका छौ ।’

attariya hospital
navjiwan hospital

उनले आफूहरुले डिडिसी स्थानान्तरण हुन्छ भन्ने समर्थनमा भने वडा कार्यालय नखोलेको बताए । उनले वडाबासीहरुका कामकारबाही रोकिएका कारण ताला खोल्नुपर्ने अवस्था आएको बताए । ‘हामी डिडिसी यही स्थापना होस भन्नका लागि सबैको सहकार्यमा जग्गा व्यवस्थापनको लागि, अन्य आर्थिक सहयोग पालिकाबाट गर्ने विषयमा अझै कटिबद्ध छौँै’ उनले भने ‘तर अहिले सेवाग्राहीको काम बन्द भएका कारण उनिहरुको काम अगाडी बढाउनलाई हामीले ताला खोलेका हौ, डिडिसी सर्ने विषयमा समर्थन गरेका होईनौ ।’

उनले अझै पनि पालिकाबाट डिडिसीलाई यतै सञ्चालन गर्नका लागि आउँदो वर्ष २५ देखी ५० लाखसम्म बजेट विनियोजन गर्ने नगरप्रमुखले प्रतिबद्धता व्यक्त गरेको समेत बताए । त्यसमाथी वडाबासीका रोजगारीलाई मध्यनजर गर्दै वडाले केही बजेट विनियोजन गरेर काम गर्नुपर्छ भनेपछि पनि वडा कार्यालय तयार रहेको उनको भनाई छ । उनले वडाबासीहरुको दवावका कारणले ताला खोलेर काम सञ्चालन गर्न गईरहेको बताउदै प्रदेश सरकारको कृषि मन्त्रालयले आफूहरुका कुरा नसुनेर तमाम कुराका बावजुद पनि डिडिसी सार्ने प्रपन्च रचेको भन्दै उनले खेद प्रकट गरे । उनले आजसम्म तालाबन्दीका कारण वडाबासीमा पर्न गएको असुविधा प्रति क्षमा माग्न माग्दै संघर्ष समितिलाई अवज्ञा नगरेको र ताला खोलेको विषयलाई अन्यथा नलिन गरे ।

वडासदस्य गम्भीर साउँदले वडा कार्यालयमा गरिएको तालाबन्दीका कारण वडाबासीहरुका महत्वपुर्ण कार्यहरु समेत रोकिने अवस्था आएकाले बाध्य भएर ताला खोल्नुपरेको बताए । ‘डिडिसी हुँदा रोजगारका बाटाहरु बन्द हुदैनन र फेरी पनि अन्य आयोजनाहरु सुचारु हुदाँ यहाँका जनताहरुलाई राम्रो हुन्छ भन्ने सोचेर सहकार्य गर्न तयार भएका हौँ’ उनले भने ‘केही दिनलाई हाम्रै वडाबासीका रोजगारीहरु गुम्छ भने हामीले पनि सहजिकरण गर्नुपर्छ भनेर हामीले सहजिकरण गरेका हौ, तर वडा कार्यालयमा तालाबन्दी गरेर मात्रै समस्या समाधान हुने नदेखेर र वडामा लगाईएको तालाबन्दीका कारण सेवाग्राहीहरुका महत्वपुर्ण कार्यहरु रोकिने अवस्था आएकाले ताला खोल्न बाध्य भयौँ ।’ उनले संघर्ष समितिसँग समन्वय गर्दा माग पुरा नहुन्जेलसम्म नखोल्ने बताएपनि स्थानिय वडाबासीहरु मारमा परिरहेको र वडाका धेरै कार्यहरु रोकिरहेको अवस्था देखेर ताला खोलिएको बताए ।

डिडिसी धनगढी सार्न थालिएपछि अवरोध गर्दै स्थानियहरुले डिडिसीको अत्तरिया स्थित कार्यालय, कारखाना र वडा कार्यालयमा तालाबन्दी गरेका थिए । लामो समय देखि डीडीसी अत्तरियाबाट सार्न नहुने भन्दै आन्दोलन गरिरहेका स्थानीले डीडीडीमा जडान भएका उपकरण सार्न थालिएपछि विरोध जनाउँदै तालाबन्दी गरेका थिए । डिडिसी रोक्न गठन गरिएको संघर्ष समितिले पुस १४ गते वडा कार्यालयमा गरेको तालाबन्दी १० दिनपछि तोडिएको हो ।