धनगढी – कैलालीको धनगढीबाट लागू औषध सहित एक युवक पक्राउ परेका छन्।
बुधवार धनगढी उपमहानगरपालिका–७ मनेहराबाट १९ वर्षीय सुरज चौधरी पक्राउ परेका हुन । उनको साथबाट १ ग्राम ७५० मिलिग्राम लागू औषध खैरो हेरोइन सहित बरामद गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।