धनगढी– आफ्नै साथीमाथी धारिलो हतियार प्रहार गरेको आरोपमा कैलालीबाट एक जना पक्राउ परेका छन । जिल्लाको धनगढी उपमहानगरपालिका– १ अदालतरोडबाट डोटीको बडीकेदार गाउँपालिका– २ असुराका अंकित मास्कीमगरलाई प्रहरीले पक्राउ गरेको हो ।

उनलाई आफ्नै साथी धनगढी उपमहानगरपालिका– ८ धनगढीगाउँ बस्ने २२ वर्षिय शेखर मास्कीमगरमाथी धारिलो हतियार प्रहार गरेको आरोपमा पक्राउ गरिएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।

प्रहरीका अनुसार शेखरमाथि सुतेको अवस्थामा धारिलो हतियार प्रहार गरिएको थियो । धारिलो हतियार प्रहारबाट घाइते भएका शेखर मास्कीमगरेको कैलाली अस्पतालमा उपचार भइरहेको प्रहरीले बताएको छ ।


















