खाेज्नुहाेस

चुरेबाट अवैध काठ बरामद

Image

धनगढी – कैलालीको चुरे गाउँपालिका–२ अन्तर्गत रानीभुकुडा क्षेत्रमा अवैध काठ बरामद गरिउको छ । डिभिजन वन कार्यालय धनगढीको टोलीले विशेष सूचनाका आधारमा छापा मार्दै ठूलो परिमाणमा सालको काठ बरामद गरेको हो ।

navjiwan hospital

खैराला सब–डिभिजन वन कार्यालयका वन अधिकृत समीर थापा, रेन्जर नवराज उपाध्याय तथा सशस्त्र वन रक्षकहरू सम्मिलित टोलीले वन क्षेत्रमा पावर चेन आरा प्रयोग गरी काटिएका विभिन्न नापसाइजका काठ फेला पारेको जनाएको छ ।

attariya hospital

छापाका क्रममा करिब २०० वटा कडी, फन्टा र फ्रेम बरामद गरिएको डिभिजन वन कार्यालय धनगढीका प्रमुख राम विचारी ठाकुरले जानकारी दिए । उनका अनुसार घटनामा संलग्न व्यक्ति तथा समूहको पहिचानका लागि थप खोजतलास र अनुसन्धान कार्य जारी रहेको छ । प्रारम्भिक अनुसन्धानबाट अवैध रूपमा काठ तस्करी गर्ने उद्देश्यले वन फँडानी गरिएको आशंका गरिएको छ ।