अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज चर्चित नायक पल शाह लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्ने भएका छन ।

महोत्सवमा पल शाह सँगै शान्ता रानी परियार, अस्मिता जुरेली, ऋतुु चौधरी, लाल बोगटी, सुशिला तिरुवा, कुलेन्द्र परियार लगायतका कलाकारले आफ्नो प्रस्तुती राख्ने आयोजनकले जनाएको छ ।

पुस ९ गतेदेखि अत्तरियामा सञ्चालनमा आएको महोत्सवमा नवौँ दिन सम्म पुग्दा दर्शकको उल्लेख्य सहभागिता रहदै आएको छ । महोत्सवमा बिहिबार गायक प्रकाश सपुत, गायिका एन्जिला रेग्मी, गायक हास्य कलाकार निशान परियार, गायक मेघान कठायत , डान्सर गङ्गा थापा मगर लगायतका कलाकारहरु आफ्नो प्रस्तुति राखेका थिए ।


















