अत्तरिया – कैलालीको धनगढीबाट अवैध काठ बरामद गरिएको छ । बुधवार धनगढी उपमहानगरपालिका – ५ तारानगर सामुदायिक वन नजिकबाट सालको ३ गोलिया (१५ क्युफिट) काठ बरामद गरिएको हो ।


अन्दाजी १८ हजार बराबरको उक्त काठ प्रहरी चौकी कैलालीगाउँ कैलालीबाट खटिएको प्रहरी टोलीले बेवारिसे अवस्थामा फेला पारी नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
काठ कैलाली सामुदायिक वनको जिम्मा लगाएको छ ।


















