खाेज्नुहाेस

अत्तरिया महोत्सवमा आज टंक तिमिल्सिना, इश्बल सञ्ज्याल लगायतका कालाकारले प्रस्तुति राख्ने

Image

अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज बुधबार गायक टंक तिमिल्सिना, गायिका इश्बल सञ्ज्याल लगायतको कलाकारहरु आफ्नो प्रस्तुति राख्ने भएका छन । महोत्सवमा उनीहरुका अलावा डान्सर पूजा मगर, हास्य कलाकार अशोक कुँवरको विशेष प्रस्तुति रहने आयोजकले जनाएको छ ।

navjiwan hospital

महोत्सवमा स्थानीय कलाकारहरुको पनि प्रस्तुति रहने भएको छ। पुस १९ गते सम्म सञ्चालन हुने महोत्सवमा राष्ट्रिय तथा स्थानीय कलाकारहरूको प्रस्तुति सँगै स्थानीय उत्पादन, हस्तकला र कृषि प्रदर्शनी, सांस्कृतिक थारु गाउँ प्रदर्शनी, युवा उद्यमशीलता, रोजगारी र व्यवसाय प्रवर्द्धन सम्बन्धी सूचना स्टल, समुदायमैत्री मनोरञ्जन कार्यक्रम रहेको आयोजकले जनाएको छ।

attariya hospital

महोत्सवमा प्रवेश शुल्क विद्यार्थीका लागि ५० रुपैयाँ र साधारण दर्शकका लागि १०० रुपैयाँ तोकिएको छ। जेष्ठ नागरिक र अपाङ्गता भएकाहरुलाई निशुल्क प्रवेशको व्यवस्था गरिएको छ ।