अत्तरिया– कैलालीबाट लागुऔषध सहित ३ जना पक्राउ परेका छन । जिल्लाका विभिन्न स्थानबाट प्रहरीले लागुऔषधसहित ३ जनालाई पक्राउ गरेको हो ।

प्रहरीले सोमबार धनगढी उपमहानगरपालिका– ३ बडराबाट उपहानगरपालिका– १३ वस्ने २८ वर्षिय मनोरा राना र १८ वर्षिय एक किशोरलाई पक्राउ गरेको जनाएको छ । सुदूरपश्चिम प्रदेश प्रहरी कार्यालय धनगढीका अनुसार उनिहरुको साथबाट १ ग्राम ७३० मिलिग्राम लागुऔष बरामद गरिएको छ । त्यसबाहेक उनिहरुले प्रयोग गरेको से ५ प ३५६ नम्बरको मोटरसाइकललाई पनि नियन्त्रणमा लिईएको प्रहरीले जनाएको छ ।

त्यस्तै जिल्लाकै टीकापुर नगरपालिका– ८ सत्तीपुलबाट बर्दियाको गेरुवा गाउँपालिका– ५ बस्ने ३६ वर्षिय दिवाकर रैसाललाई पक्राउ गरेको प्रहरीले बताएको छ । प्रहरीका अनुसार रैसालको साथबाट १ ग्राम ९० मिलिग्राम लागुऔषध बरामद गरिएको हो । उनले प्रयोग गरेको सु.प.प्र. ०२–००४ प १९८८ नम्बरको मोटरसाईकललाई पनि नियन्त्रणमा लिएको प्रहरीले जनाएको छ ।


















