खाेज्नुहाेस

अत्तरियामा जारी महोत्सवमा आज रचना रिमाल, चक्र बम लगायत कलाकारको प्रस्तुति रहने

Image
अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज राष्ट्रिय तथा स्थानीय स्तरका चर्चित कलाकारहरूको प्रस्तुति रहने भएको छ।
attariya hospital
महोत्सवमा लोकप्रिय गायक चक्र बम, गायिका रचना रिमाल, डान्सर स्मारिका ढकाल, नायक प्रभात पाल ठकुरी, गायक लाल बोगटी, अमर रानाले आफ्नो प्रस्तुति राख्ने छन् ।
navjiwan hospital
महोत्सवमा स्थानीय कला, संस्कृति र पर्यटन प्रवर्द्धन गर्ने उद्देश्यले आयोजना गरिएको महोत्सवमा विभिन्न सांस्कृतिक कार्यक्रम, थारु गाउँ प्रदर्शनी, स्थानीय उत्पादनको प्रदर्शनी तथा मनोरञ्जनात्मक गतिविधिहरू समावेश गरिएका छन्।
आज सार्वजनिक बिदा तथा सुदूरपश्चिममा मनाइने पुस १५ पनि परेको हुँदा महोत्सव अवलोकन गर्नेहरूको भिड बढ्ने आयोजकको अपेक्षा रहेको छ । पुस ९ गतेदेखि सुरु भएको महोत्सव पुस १९ गते सम्म सञ्चालन हुँदै छ ।