अत्तरिया – कैलालीको टीकापुरबाट प्रहरीले लागू औषध सहित एक युवकलाई पक्राउ गरेको छ ।

आइतबार साँझ टीकापुर नगरपालिका – ९ खक्रौला चेक पोस्टबाट लागू औषध सहित बर्दियाको गेरुवा गाउँपालिका – २ शान्तिबजारका २५ वर्षीय लाल बहादुर बिक पक्राउ परेका हुन ।

उनको साथबाट २८० मिलिग्राम लागू औषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
उनलाई प्रहरी चौकी कालाकुण्डाबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।

















