खाेज्नुहाेस

अत्तरिया महोत्सवमा आज चर्चित गायक डान्सर र र्यापरको प्रस्तुति रहने 

Image
अत्तरिया – कैलालीको अत्तरियामा जारी सृजनशील गोदावरी सांस्कृतिक महोत्सवमा आज चर्चित गायक, डान्सर र र्यापरले आफ्नो प्रस्तुति राख्ने भएका छन् ।
attariya hospital
आइतबार र्यापर जी बब सँगै चर्चित गायक हिमाल सागर, गायिका भूमिका गिरी, डान्सर लक्ष्मी साउद, गायक नरेन्द्र राज जोशी सहित राष्ट्रिय तथा स्थानीय कलाकारहरूको आकर्षक प्रस्तुति रहने आयोजकले जनाएको छ ।
navjiwan hospital
र्यापर जी बब शनिवार आउने भनिए पनि प्रतिकुल मौसमका कारण फ्लाइट ल्यान्डिङ हुन नसक्दा प्रस्तुति स्थगित भएको थियो । उनको प्रस्तुति पनि आजै रहने आयोजकले जनाएको छ ।
महोत्सवमा शनिवार उल्लेख्य सङ्ख्यामा दर्शकको सहभागिता रहेको थियो । पौष ९ गते देखि सुरु भएको महोत्सवमा दर्शकको उल्लेख्य सहभागिता रहँदै आएको छ ।