खाेज्नुहाेस

गोदावरी मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन, अध्यक्षमा पुनः निरौला

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाभित्रका मोबाईल व्यवसायीहरुको छाता संगठन गोदावरी मोबाईल व्यवसायी संघको नयाँ कार्यसमिति चयन भएको छ । शनिबार सम्पन्न संघको पहिलो अधिवेशनले संघका संस्थापक अध्यक्ष गंगा प्रसाद निरौलालाई पुनः अध्यक्षमा चयन गरी नयाँ कार्यसमिति चयन गरेको हो ।

navjiwan hospital

अधिवेशनबाट निरौलाको अध्यक्षतामा १३ सदस्यीय नयाँ कार्यसमिति चयन गरिएको छ । जसको वरिष्ठ उपाध्यक्षमा रमेश कडेँल, उपाध्यक्षमा प्रकाश कुँवर, महासचिवमा सोमप्रसाद सापकोटा, सचिवमा भक्त बहादुर बोहरा र कोषाध्यक्षमा प्रताप बम चयन भएका छन ।

attariya hospital

यसैगरी सदस्यहरुमा ललीत सार्की, लाल बहादुर चौधरी, चन्द्र प्रसाद जोशी, देव सिँ बि.क, भुपेन्द्र कुँवर, दिपक मल्ल र डिल्लीराज कडेँल रहेका छन । यस्तै सल्लाहकार समितिमा गणेश बहादुर बोगटी र प्रेम बम चयन भएका छन ।