खाेज्नुहाेस

कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु

Image
file photo
धनगढी – कैलालीमा मोटरसाइकल दुर्घटना हुँदा चालकको मृत्यु भएको छ। बर्दगोरिया गाउँपालिका–१ र ४ को सिमानामा रहेको काँडा पुलमा पूर्वबाट पश्चिमतर्फ गइरहेको से ७ प ८१६५ नम्बरको मोटरसाइकल शुक्रवार राति पुलको किनारमा ठोक्किएर दुर्घटना हुँदा चालक घोडाघोडी नगरपालिका–११ का २४ वर्षीय विशाल कठरियाको मृत्यु भएको हो ।
navjiwan hospital
attariya hospital
दुर्घटनामा गम्भीर घाइते भएका उनको नवजीवन अस्पताल धनगढीमा उपचारको क्रममा मृत्यु भएको जिल्ला प्रहरीले कार्यालय कैलालीले जनाएको छ। दुर्घटनामा मोटरसाइकल पछाडि सवार सोही ठाउँ बस्ने २४ वर्षकी रिता कठरिया घाइते भएकी छिन्।