धनगढी – कैलालीबाट लागूऔषध सहित २ जना पक्राउ परेका छ्न । टीकापुर नगरपालिका–९ खक्रोला पोष्ट नजिकैबाट टीकापुर नगरपालिका–१ बनगाँउ बस्ने ३३ वर्षीय संजिव कुमार चौधरीलाई प्रहरीले पक्राउ गरेको छ ।

उनको साथबाट ५७० मिलिग्राम लागूऔषध खैरो हिरोईन फेला पारी उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।

यसैगरी घोडाघोडी नगरपालिका–२ टनकपुर बस्ने ३७ वर्षीय किसिमलाल चौधरी पक्राउ परेका छन्। चौधरीको घरमा खान तलासी गर्दा ११ ग्राम २६० मिलिग्राम लागूऔषध खैरो हिरोईन बरामद गरी उनलाई इलाका प्रहरी कार्यालय सुख्खड र लागु औषध नियन्त्रण ब्यूरो शाखा कार्यालय धनगढीबाट खटिएको सयूक्त प्रहरी टोलीले नियन्त्रणमा लिएको छ।
दुबै जनालाई नियन्त्रणमा लिई थप अनुसन्धान भईरहेको प्रहरीले जनाएको छ।












