खाेज्नुहाेस

कैलालीको गोदावरी– ६ का केशवले छोरीको जन्मदिनमा दिए बिमा उपहार

Image

अत्तरिया– कैलालीको गोदावरी नगरपालिकाका एक युवाले आफ्नो छोरीलाई जिवन बिमा उपहार दिएका छन । छोरीको जन्मदिनको अवसर पारेर नगरपालिकाको वडा नं. ६ का युवा केशव नौन्यालले आफ्नो छोरी क्रिस्टिना नौन्याललाई जिवन बिमा उपहार दिएका हुन ।

navjiwan hospital

उनले हिमालयन लाईफ इन्स्योरेन्स कम्पनि लिमिटेड अत्तरिया शाखाबाट छोरीको ५ लाखको बिमा गरेको बताएका छन । छोरी क्रिस्टिनाको ४ वर्ष पुरा भएको अवसरमा छोरीलाई बिमा उपहार दिएको उनले बताए । बालबच्चाको सुरक्षा र भविष्यमा आइपर्ने समस्याहरुको सहजताका लागि बिमा उपहार दिएको उनको भनाई छ ।

attariya hospital

’बालबालिकाहरुको भविष्य सुरक्षित बनाउनका लागि बिमा महत्वपुर्ण छ’ उनले भने ’यसले उनिहरुलाई सुरक्षित बनाउने मात्रै नभई उनिहरुको भविष्यमा आईपर्ने समस्याहरुको समाधान गर्नमा पनि मुख्य भुमिका निर्वाह गर्न सक्छ ।’

उनले अहिलेको व्यस्त समयमा बिमा मानिसको अभिन्न अंगका रुपमा रहेको बताउदै अनिवार्य रुपमा बिमा गर्न सबैमा आग्रह गरे ।