खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ 

Image
अत्तरिया – कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन् । बुधवार टीकापुर नगरपालिका – ८ बटनपुर स्थित सडक खण्डमा बर्दगोरिया गाउँपालिका – ५ स्याउलीनगरका २८ वर्षीय दिनेश शाही र १८ वर्षीय गोपाल सुनार पक्राउ परेका छन् ।
attariya hospital
navjiwan hospital
शङ्का लागि चेकजाँच गर्दा दिनेश शाहीले बोकेको झोला भित्र  १ ग्राम ७९० मिलिग्राम लागू औषध खैरो हिरोइन फेला परेपछि दुबैजनालाई पक्राउ गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरूलाई प्रहरी चौकी सत्तिबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।
यस्तै बुधवार नै टीकापुर नगरपालिका – ९ खक्रोला चेक पोस्टबाट लम्किचुहा नगरपालिका – ४ भल्काका २२ वर्षीय रमेश नेपाली १ ग्राम १० मिलिग्राम  लागू औषध खैरो हिरोइन सहित पक्राउ परेका छन् । उनलाई इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको  थियो ।