खाेज्नुहाेस

आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी अग्रपंतिमा आउँछ : भीम रावल

Image

धनगढी : नेपाली कम्युनिष्ट पार्टीका नेता डा.भीम रावलले आगामी निर्वाचनमा नेपाली कम्युनिष्ट पार्टी अग्रपंतिमा आउने दावी गरेका छन् । बुधबार धनगढीमा आयोजना गरेको पत्रकार सम्मेलनमा उनले यस्तो दावी गरेका हुन् । उनले भने ‘हामीले सुदूरपश्चिमका ९ वटै जिल्लामा पार्टीले एकता सन्देश सभा सम्पन्न गरेका छौँ । त्यहाँ जनताको सद्भाव, समर्थन र सहभागिता हेर्दा पार्टी अग्रपंतिमा जाने संकेत देखिएको छ ।’

navjiwan hospital

उनले नेपाली कम्युनिष्ट पार्टी आर्थिक, कृषि, पर्यटन, स्वास्थ्य, सञ्चार सबै क्षेत्रमा विगतका कमजोरी सच्याएर देश र जनताको आवश्यकता अनुसार नयाँ गन्तव्यमा पु-याउने उदेश्यका साथ लागिरहेको बताए । उनले आगामी फागुन २१ गतेको निर्वाचनमा सहभागी हुन आफ्नो पार्टी तयार रहेको बताउँदै सरकारले निर्वाचनका लागि स्वतन्त्र, निश्पक्ष र भयरहित वातावरण बनाउनुपर्ने बताए ।

attariya hospital

उनले भने ‘आगामी निर्वाचनमा सहभागी भएर ताजा जनमत लिन हाम्रो पार्टी तयार छ । देशलाई उचित निकास दिन अब अलमल गर्ने बेला होइन् ।’ उनले अहिलेको सरकार भदौ २३ र २४ गते घटेका घटनाको निश्पक्ष छानविन गर्न र निर्वाचनको वातावरण बनाउनमा केन्द्रित हुनपर्ने बताए ।

त्यस्तै उने नेपाली कांग्रेस र एमालेले द्वैध चरित्र देखाइ हरको बताए । उनले भने ‘कांग्रेसले आमनिर्वाचनमा जानुपर्छ पनि भन्छ । सांसदको हस्ताक्षर गरेर सर्वोच्चमा जान्छ । एमालेका अध्यक्ष केपी शर्मा ओलीले उम्मेदवार छान्न पार्टीपंतिलाई निर्देशन दिने र उता दिनहुँ संसद पुनस्थापना हुनुपर्छ भनेर भाषण गर्छन् । दुबै पार्टीले यस्तो द्वैध चरित्र देखाइरहेका छन् ।’