खाेज्नुहाेस

कैलालीमा भन्सार चोरी गरी ल्याइएका ७ मोटरसाइकल बरामद 

Image
सांकेतिक फोटो
अत्तरिया – कैलालीबाट प्रहरीले भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका ७ मोटरसाइकल बरामद गरेको छ । मंगलबार कैलालीको विभिन्न स्थानबाट भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याएका ५ लाख ८० हजार बराबरका ७ वटा मोटरसाइकल जिल्ला प्रहरी कार्यालय कैलाली र इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले बरामद गरेको हो ।
attariya hospital
navjiwan hospital
ती मोटरसाइकल बेवारिसे अवस्थामा फेला पारेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । नियन्त्रणमा लिएका मोटरसाइकल आवश्यक कारबाहीका लागि भन्सार कार्यालय पठाइएको छ ।
यस्तै मंगलबार नै कञ्चनपुरको भीमदत्त नगरपालिका – १८ निम्बुखेडाबाट भारतबाट भन्सार छली ल्याएका ३३ हजार २५० रुपैयाँ बराबरको इलेकट्रोनिक समान र कपडा बरामद गरिएको छ ।