खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित ५ जना पक्राउ 

Image
अत्तरिया – कैलालीबाट प्रहरीले लागू औषध सहित ५ जनालाई पक्राउ गरेको छ । धनगढी उपमहानगरपालिका – १० का राम मिलन रानाको घरमा लागू औषध बिक्री वितरण भइरहेको सूचनाको आधारमा घर तलासी गर्दा उनकी श्रीमती २० वर्षीय द्रोपती राना र भाइ १७ वर्षीय महेश राना पक्राउ परेका छन् ।
attariya hospital
प्रहरीले द्रोपतीको साथबाट २ ग्राम १४० मिलिग्राम र महेशको साथबाट १४० मिलिग्राम लागू औषध ब्राउन सुगर बरामद गरेको जनाएको छ ।
दुवै जनालाई मंगलबार वडा प्रहरी कार्यालय धनगढी र लागु औषध ब्युरो कार्यालय धनगढीबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।
navjiwan hospital
यस्तै टीकापुर नगरपालिका – ९ खक्रोलाबाट  बर्दियाको राजापुर नगरपालिका –  ४ घुम्नाका २१ वर्षीय राजेश थारु र सोही वडाको संघर्षनगरका २३ वर्षीय इन्द्र बहादुर थारु लागू औषध सहित पक्राउ परेका छन् । सँगै हिँडिरहेको अवस्थामा शङ्का लागि चेकजाँच गर्दा दुवै जनाको साथबाट २ ग्राम ९०० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको प्रहरीले जनाएको छ ।
यस्तै टीकापुर नगरपालिका –  ९ खक्रोलाबाटै  लम्किचुहा नगरपालिका – ४ कौवापुरका २६ वर्षीय सुनिल मल्ल पनि लागू औषध सहित पक्राउ परेका छन् ।
उनले चलाएको सुप प्र ०१–०१० प ८१३५ नम्बरको मोटरसाइकल चेकजाँच गर्दा मोटरसाइकलको सिट भित्र  २ ग्राम ९८० मिलिग्राम लागू औषध खैरो हिरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।  पक्राउ परेका पाँचै जनामाथि थप अनुसन्धान भइरहेको प्रहरीको भनाइ  छ ।