
अत्तरिया – कैलालीमा करेन्ट लागेर एक जनाको मृत्यु भएको छ । सोमबार जानकी गाउँपालिका – २ प्रगतीनगर स्थित रोरा नदीमा करेन्ट लगाएर माछा मार्ने क्रममा स्थानीय २९ वर्षीय श्यामलाल चौधरीको मृत्यु भएको हो ।
करेण्ट लागेर गम्भिर घाइते भएका चौधरीको टीकापुर अस्पतालमा उपचारका क्रममा मृत्यु भएको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।














