खाेज्नुहाेस

नाबालिकालाई ब्ल्याकमेल गर्ने धनगढीका एक युवक पक्राउ

Image

धनगढी – नाबालिकाको चरित्रहत्या (ब्याकमेल) गरेको आरोपमा एक जना पक्राउ परेका छन् । पक्राउ पर्नेमा कैलालीको धनगढी उपमहानगरपालिका वडा नम्बर १२ जुगेडा डि गाउँ बस्ने २७ वर्षीय सन्दिप चन्द रहेका छन् । साइबर ब्यूरोका प्रवक्ता एवं सूचना अधिकारी दिपकराज अवस्थीका अनुसार उनले सामाजिक सञ्जालमा महिलाको तस्बिर प्रयोग गरी फेक एकाउन्टमार्फत साथी बनी कुराकानी गर्ने गरेका थिए ।

navjiwan hospital

नाबालिकालाई विभिन्न प्रलोभन, दबाब र प्रभावमा पारी नग्न तस्बिर तथा भिडियो मागेर सेभ गरी राखी थप अश्लील गतिविधि नियमित रूपमा गर्न लगाउँदा नाबालिकाले नमानेपछि चन्दले उक्त तस्बिर तथा भिडियो पीडित नाबालिकाको विद्यालयका साथी तथा आफन्तजनका सामाजिक सञ्जालमा पठाई चरित्रहत्या गरेको प्रहरीको अनुसन्धानबाट खुलेको छ ।

attariya hospital

चन्दलाई विद्युतीय कारोबार ऐन, २०६३ अन्तर्गतको कसूरमा काठमाडौँ जिल्ला अदालतबाट ५ दिनको म्याद थप भई आवश्यक अनुसन्धान भइरहेको प्रहरीले जनाएको छ ।