खाेज्नुहाेस

कैलालीमा जंगलको बाटो हुँदै नेपाल भित्र्याउँदै गरेका ४ मोटरसाइकल बरामद

Image
सांकेतिक फोटो

अत्तरिया – कैलालीबाट प्रहरीले जंगलको बाटो हुँदै नेपाल भित्र्याउँदै गरेका ४ मोटरसाइकल बरामद गरेको छ । आइतबार प्रहरीले धनगढी उपमहानगरपालिका – ७ मनेहरा जंगल स्थित भन्सार चोरी पैठारी गरी नेपाल भित्र्याउँदै गरेका ४ मोटरसाइकल बरामद गरेको हो ।

navjiwan hospital

उक्त मोटरसाइकलको मुल्य ८ लाख ५० हजार बराबर रहेको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ ।

holi ko janahit ma jari sandesh dhangadhi
attariya hospital

जिल्ला प्रहरी कार्यालय कैलालीबाट खटिएको प्रहरी टोलीले मोटरसाइकलहरु बेबारिसे अवस्थामा फेला पारेको जनाएको छ । उक्त मोटरसाइकल आवश्यक कारवाहीको लागी कैलाली भन्सार कार्यालय त्रीनगरमा बुझाइएको छ ।