खाेज्नुहाेस

टी–२० विश्वकपका लागि क्यानद्वारा २४ सदस्यीय प्रारम्भिक टोली घोषणा, विनोद भण्डारी, शेर मल्ल पनि अटाए

Image

नेपाल क्रिकेट संघ (क्यान) ले सन् २०२६ मा हुने आइसीसी टी-२० पुरुष विश्वकपको तयारीका लागि प्रारम्भिक टोलीको घोषणा गरेको छ। क्यानले विश्वकप लक्षित ‘क्याम्प’ (बन्द प्रशिक्षण) का लागि २४ जना खेलाडीलाई बोलाएको हो।

क्यानले सार्वजनिक गरेको सूचीमा कप्तान रोहित पौडेलसहित सन्दीप लामिछाने, दीपेन्द्रसिंह ऐरी, सोमपाल कामी लगायतका अनुभवी खेलाडीहरू यथावत् छन्।

attariya hospital
navjiwan hospital

टोलीमा आदिल अन्सारी, ईशान पाण्डे, शेर मल्ल र रुपेश के सिंह जस्ता खेलाडीहरूलाई पनि समेटिएको छ।

भारत र श्रीलंकामा संयुक्त रूपमा आयोजना हुने आगामी टी-२० विश्वकपलाई मध्यनजर गर्दै क्यानले अहिलेदेखि नै प्रशिक्षण सुरु गर्न लागेको हो।

बन्द प्रशिक्षणमा बोलाइएका खेलाडीहरू:

रोहित पौडेल, दीपेन्द्रसिंह ऐरी, सन्दीप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, कुशल मल्ल, सन्दीप जोरा, गुलशन झा, सोमपाल कामी, नन्दन यादव, ललित राजवंशी, लोकेश बम, आरिफ शेख, आदिल अन्सारी, करण केसी, साहब आलम, शेर मल्ल, भीम सार्की, ईशान पाण्डे, बसिर अहमद, विनोद भण्डारी, अविनाश बोहरा, प्रतिश जिसी र रुपेश के सिंह।