खाेज्नुहाेस

गोकर्ण भट्ट सहित ४६ जनाले गरे रास्वपा प्रवेश (नामावली सहित)

Image
अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले अत्तरियामा आयोजना गरेको पार्टी प्रवेश कार्यक्रममा ४६ जनाले पार्टी प्रवेश गरेका छन् । आइतबार पार्टीका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराको प्रमुख आतिथ्यतामा आयोजित कार्यक्रममा केही दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्ट लगायत ४६ जनाले रास्वपा प्रवेश गरेका हुन ।
attariya hospital
पार्टी प्रवेश गर्नेमा नेकपा एमाले पूर्व प्रदेश सचिवालय सदस्य गोकर्ण भट्ट, नेकपा एमाले पूर्व जिल्ला कमिटी सदस्य हरि फुलारा, नेकपा एमाले किसान महासंघ प्रदेश कमिटी सचिवालय सदस्य पदम राज गिरी, नेकपा एमाले गोदावरी नगर कमिटी सदस्य खडक सिंह ओली, नेपाल अभिभावक संघका केन्द्रीय सदस्य रण बहादुर खड्का, जेनजी अगुवा नितिश जोशी रहेको रास्वपाका गोदावरी नगर सभापति दीपक ओझाले बताए ।
उनका अनुसार क्रियाशील सदस्यहरू पदम विक, अविनारायण सापकोटा, खेमराज सापकोटा, डिल बहादुर साहु, दीपक भट्ट, उत्तम बडेला र मान बहादुर विष्ट रहेका छन् ।
यस्तै पार्टी प्रवेश गर्नेहरूमा गोदावरी नगरपालिका वडा नम्बर १ र २ बाट राम बहादुर खडायत, कर्ण बहादुर बोहरा, कृष्ण बहादुर बोहरा, रमेश बोहरा, तिलक मल्ल, तेज बहादुर ऐर, गोपी बोहरा, गणेश बोहरा, करन सिंह बोहरा, दीपक चौधरी, वीर महरा, राम दत्त भट्ट, बाबुराम कँडेल, प्रेम ब बोहरा, लाल बहादुर धामी, भीम दत्त पाण्डेय, तारा प्रसाद भट्ट, बाबु राम कँडेल, दुर्गा दत्त भट्ट, लक्ष्मी विष्ट, गरिमा विष्ट, पदमा भट्ट, मनीषा पन्त, मिना अवस्थी, दल बहादुर कुँवर रहेका छन् ।
यस्तै वडा नम्बर ४ का नरेन्द्र धामी, बल बहादुर कोली, वडा नम्बर ५ का धर्म देव भट्ट, वडा नम्बर ९ का गणेश साउँद, शंकर विष्ट, राम साउँद, हरि चन्द्र ओली र शोभा कडायत रहेका छन् । नगर सभापति ओझाले केही व्यक्तिहरू विविध कारण पार्टी प्रवेश कार्यक्रममा सहभागी हुन नसके पनि सदस्यता लिएर गएको बताए ।
navjiwan hospital
कार्यक्रममा बोल्दै पार्टीका केन्द्रीय सचिवालय सदस्य दीपक बोहराले आफूहरूले अहिलेका दलहरूलाई ८४ मा लखेट्ने भने पनि जेनजी आन्दोलनले ८२ मै लखेटेको बताए । उनले अहिलेका दलहरूले काम गर्न नसकेका भन्दै आफूहरू घण्टी बनाउन आएको बताए । उनले त्यसका बाबजुद पनि प्रतिशोध साधेर आफ्ना पार्टी सभापतिलाई फसाउन खोजेको बताउँदै त्यसका विरुद्ध ४० लाख जनताले हस्ताक्षर गरेको बताए । उनले अब रास्वपाका उम्मेदवार जहाँबाट उठे पनि चुनाव जित्ने बताए ।
रास्वपा प्रवेश गरेका गोकर्ण भट्टले जेनजी आन्दोलनका  हत्याराको मतियार हुन नसकेर आफूले एमाले पार्टी परित्याग गरेको बताए । ‘भाद्र २३ र २४ गतेको घटनामा मैले मेरै छोराछोरी गुमाएको सम्झिरहे’ उनले भने ‘अब म अपराधीको मतियार हुन, हत्याराको मतियार हुन नसक्ने भएर पार्टी परित्याग गरेको हु ।’ उनले अब नेपाल बनाउने कामको सुरुवात सुदूरपश्चिमबाट हुनुपर्ने बताउँदै त्यसका लागि रास्वपालाई सुदूरपश्चिममा एक नम्बरको पार्टी बनाउने बताए ।