खाेज्नुहाेस

कञ्चनपुरबाट चोरी र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ

Image
navjiwan hospital

अत्तरिया – कञ्चनपुरबाट प्रहरीले चोरी र लागू औषध मुद्दाका फरार प्रतिवादी पक्राउ गरेको छ । शनिवार जिल्ला अदालत कञ्चनपुरले सुनाएको फैसला अनुसार चोरी मुद्दाका २ जना र लागू औषध मुद्दाका एक जनालाई प्रहरीले पक्राउ गरेको छ ।

चोरी मुद्दामा १ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका –१२ का २३ वर्षीय आशिष् राना, चोरी मुद्दामै १ महिना कैद सजाय र २ हजार जरिवाना तोकिएका भीमदत्त नगरपालिका – १६ का २० वर्षीय विशाल राना र लागू औषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका भीमदत्त नगरपालिका – १० का २२ वर्षीय हरिस साउँद पक्राउ परेका छन् ।

attariya hospital