अत्तरिया – राष्ट्रिय स्वतन्त्र पार्टी (रास्वपा) ले आज अत्तरियामा वृहत पार्टी प्रवेश कार्यक्रमको आयोजना गरेको छ । पार्टीका केन्द्रिय सचिवालय सदस्य दिपक बोहराको उपस्थितिमा कैलालीको अत्तरियामा गोदावरी नगर समितिले पार्टी प्रवेश कार्यक्रमको आयोजना गर्न लागेको हो ।

कार्यक्रममा केहि दिन अघि नेकपा एमाले पार्टी परित्याग गरेका गोकर्ण भट्ट लगायत एमाले नेता हरि फुलारा, सुदूरपश्चिमका जेनजी अगुवा नितिश जोशी सहित करिब ५० जना पार्टी प्रवेश गराउने कार्यक्रम रहेको रास्वपाका नगर सभापति दिपक ओझाले बताएका छन् ।

कार्यक्रम दिउँसो १ बजे अत्तरिया स्थित प्रतिभा सामुदायिक पुस्तकालयको हलमा हुने जनाएको छ ।


















