
अत्तरिया – कैलालीको टीकापुरबाट लागु औषध सहित २ जना पक्राउ परेका छन । शुक्रबार टीकापुर नगरपालिका – ९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका – १ ब्लक नम्वर १० का ३१ वर्षीय लक्ष्मण वन र सोही ठाउँका २८ वर्षीय गजेन्द्र रावल पक्राउ परेका हुन ।
उनीहरुको साथबाट २ ग्राम ४७० मिलिग्राम लागूऔषध खैरो हेरोइन बरामद गरिएको प्रदेश प्रहरी कार्यालय धनगढीले जनाएको छ । उनीहरुलाई प्रहरी चौकी कालाकुण्डबाट खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको थियो ।














