अत्तरिया – कैलालीको अत्तरियामा रहेको अत्तरिया कृषि सहकारी संस्था लिमिटेडको नाफा बढेको छ । आर्थिक वर्ष २०८०/०८१ को तुलनामा आर्थिक वर्ष २०८१/०८२ मा करिब एक लाखले नाफा बढेको हो ।
संस्थाले आर्थिक वर्ष २०८०/०८१ मा १७ लाख ६९ हजार ९२५ रुपैया नाफा कमाएकोमा आर्थिक वर्ष २०८१/०८२ मा १८ लाख ६७ हजार ५५१ रुपैयाँ नाफा कमाएको छ । शुक्रबार सम्पन्न संस्थाको १०औ वार्षिक साधारण सभामा आर्थिक प्रतिवेदन प्रस्तुत गर्दै संस्थाकी प्रबन्धक सक्रान्ती भट्टले संस्थाको सो अवधीमा ७ करोड १३ लाख ५१ हजार ५०७ रुपैयाँको कारोबार गरेको बताईन । जसमा संस्थाले ३ करोड ७० लाख ६० हजार ३५३ रुपैयाँ बचत संकलन गरेको छ भने ६ करोड २३ लाख १२ हजार ३५५ रुपैयाँ ऋणमा लगानी गरेको उनले बताईन । यस्तै संस्थाको जगेडा कोषमा ५८ लाख १० हजार २८९ रुपैयाँ रहेको संस्थाकी प्रवन्धक भट्टले बताईन् ।

२०७३ साल पौषमा ३३ जना शेयरसदस्यहरुको ५ लाख ४० हजार शेयरपुँजीबाट सुरु भएको संस्थाले आफ्नो शेयरपुँजी र सदस्यसंख्यामा पनि उल्लेख्य वृद्धि गरेको छ । आर्थिक वर्ष २०८१/०८२ को असार मसान्त सम्म संस्थामा ८५५ जना सेयर सदस्य संख्या पुगेका छन भने संस्थाको कुल शेयर पूंजी ८९ लाख ६१ हजार रहेको छ ।

शुक्रबार एक औपचारीक कार्यक्रमका बिच संस्थाको वार्षिक साधारण सभा सम्पन्न भएको छ । संस्थाका अध्यक्ष देव बहादुर साउँदको सभापतित्वमा सम्पन्न कार्यक्रमका प्रमुख अतिथि संस्थाका सस्थापक सल्लाकार समिति सदस्य तथा उत्कृष्ट केरा कृषक लक्षीराम आचार्य रहेका थिए । कार्यक्रममा संस्थाका संस्थापक अध्यक्ष कुन्ती देवी पाण्डे, पुर्व अध्यक्ष विक्रम बिश्वकर्मा र लेखा समिति संयोजक नन्द राज भट्ट विशिष्ठ अतिथि रहेका थिए । सभामा संस्थाको वार्षिक प्रतिवेदन अध्यक्ष साउँदले प्रस्तुत गरेका थिए भने लेखा समितिको प्रतिवेदन लेखा समिति संयोजक नन्दराज भट्टले प्रस्तुत गरेका थिए । कार्यक्रमको संञ्चालन संस्थाका सस्थापक उपाध्यक्ष शिव राज रेग्मीले गरेका थिए ।
विभिन्न व्यक्तित्व सम्मानित
यसैबिच संस्थाको साधारण सभामा विभिन्न व्यक्तित्वहरुलाई सम्मानित गरिएको छ । संस्थालाई अगाडी बढाउन महत्वपुर्ण भुमिका निर्वाह गर्ने सम्पुर्ण व्यक्तित्वहरुका साथै अन्य विभिन्न शिर्षकमा समेत संस्थाले सम्मानित गरेको छ । जसमा उत्कृष्ट बचतकर्ताका रुपमा संस्थाले नरेश बहादुर धामी र राम प्रसाद जोशीलाई सम्मानित गरको छ भने असल ऋणीका रुपमा कुसुम राना र फणेन्द्र कुमार कठायतलाई सम्मानित गरेको छ । उनिहरुलाई संस्थाले दोसल्ला र सम्मानपत्रले सम्मानित गरिएको हो । त्यस्तै बाल बचततर्फ निशब्द साउँद र शोभा बोगटीलाई संस्थाले सम्मान गरेको छ ।
कृषिमा संस्थाले केरा किसान रम्भा देवी कुँवर र भैसी पालक किसान तप सिंह खडायतलाई सम्मानित गरेको छ । उनिहरुलाई पनि दोसल्ला मायाको चिनो र सम्मानपत्रले सम्मानित गरिएको थियो । त्यसबाहेक जेष्ठ नागरिकमा कुल बहादुर निरौला, देवी कली योगी र कलु कामीलाइ पनि सम्मानित गरिएको संस्थाकी प्रबन्धक भट्टले बताईन । उनका अनुसार ज्येष्ठ नागरिकहरुलाई ब्लाङ्केटले सम्मानित गरिएको थियो ।
साधारण सभामा संस्थापक अध्यक्ष, पुर्व अध्यक्ष, पुर्व सल्लाकार समिति, पुर्व लेखा समिति र पुर्व ऋण समितिलाई पनि सम्मानित गरिएको संस्थाकी व्यवस्थापक भट्टले बताइन । यस्तै साधारण सभामा शैक्षिक पुरस्कारमा कक्षा ८ मा उत्कृष्ट अंक ल्याएकी रोशनी सुरी, एसइईमा उत्कृष्ट अंक ल्याएका लक्ष्मण घटाला र प्लस टु मा उत्कृष्ट अंक ल्याएका केशव फुलारालाई सम्मानित गरिएको उनले बताईन । उनिहरुलाई करसहित नगद ३ हजार ५ सय र प्रमाण पत्र ले सम्मानित गरिएको उनले बताईन ।














