खाेज्नुहाेस

अमेरिकामा निजी विमान दुर्घटना हुँदा ७ जनाको मृत्यु

Image

अमेरिकामा एउटा निजी जहाज दुर्घटना हुँदा ७ जनाको मृत्यु भएको छ। ‍नर्थ क्यारोलिनाको स्टेट्सभिल क्षेत्रमा बिहीबार एक सेस्ना ५५० व्यवसायिक जेट दुर्घटना हुँदा पूर्व सात जनाको मृत्यु भएको अन्तर्राष्ट्रिय समाचार संस्था रोयटर्सले जनाएको छ।

navjiwan hospital

विमान स्टेट्सभिल रिजनल एयरपोर्टमै दुर्घटनाग्रस्त भएको हो। दुर्घटनामा परी पूर्व नास्कार चालक ग्रेग बिफलको मृत्यु भएको छ।

attariya hospital

नर्थ क्यारोलिना हाइवे पेट्रोलका अनुसार दुर्घटनापछि लागेको भीषण आगलागी भएको थियो। मृतकमध्ये बिफल र उनका नजिकका परिवारका सदस्य रहेको आशंका गरिएको छ। विमान बिफलसँग सम्बन्धित एक कम्पनीको नाममा दर्ता भएको जनाइएको छ।