धनगढी– यस वर्ष पुस ४ गतेदेखी धनगढीमा भुवा पर्व महोत्सव हुने भएको छ । बाजुरेली सेवा समाज कैलालीले पुस ४ गतेदेखी ३ दिनसम्म भुवा पर्व महोत्सव सञ्चालन गर्न लागेको हो ।

बुधबार पत्रकार सम्मेलनको आयोजना गर्दै आयोजकले भुवा महोत्सवको बारेमा जानकारी दिएको छ । हरेक वर्ष झै यसवर्ष पनि भुवा महोत्सव आयोजना गर्न लागिएको समाजका अध्यक्ष भरतबहादुर केसीले जानकारी दिए । महोत्सवमा प्रतिस्पर्धात्मक भुवा चाली प्रतियोगिता पनि सञ्चालन गरिने उनले बताए ।

उनका अनुसार सुदूरपश्चिममा मौलिक पर्वका रुपमा स्थापित भुवा पर्वलाई यसवर्ष अझ भब्य ढंगले सञ्चालन गर्न लागिएको हो । भुवा पर्व धनगढीस्थित खुला मञ्चमा आयोजना हुने बताईएको छ ।
उत्सवमा कम्तीमा सात वटा समूह चाली प्रतियोगितामा सहभागी हुने समाजका सहसचिव गगन अयडीले बताए । उनका अनुसार प्रथम हुने समूहलाई ५० हजार पुरस्कार राखिएको छ ।


















