खाेज्नुहाेस

कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ

Image

धनगढी – कैलालीबाट लागू औषध सहित ३ जना पक्राउ परेका छन्। मंगलबार टीकापुर नगरपालिका–९ खक्रौला चेकपोष्ट नजिकबाट टीकापुर नगरपालिका–१ ब्लक नम्वर १२ बस्ने २१ वर्षीय सुरेन्द्र थ्यायत ३७० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ परेका छन ।

navjiwan hospital

यस्तै लम्कीचुहा नगरपालिका–१ भुरुवा स्थित भित्री सडक खण्डबाट सोही ठाउँ बस्ने १९ वर्षीय करन नेपालीलाई ६६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको इलाका प्रहरी कार्यालय लम्कीले जनाएको छ ।

attariya hospital

यस्तै टीकापुर नगरपालिका–९ खक्रौला स्थित सडकखण्डबाट टीकापुर नगरपालिका–३ कटानपुर बस्ने २० वर्षीय बिशाल विकलाई १ ग्राम १०० खैरो हेरोइनसहित इलाका प्रहरी कार्यालय टीकापुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको छ ।

पक्राउ परेका तीनै जनामाथी थप अनुसन्धान भइरहेको जिल्ला प्रहरी कार्यालय कैलालीले जनाएको छ ।