खाेज्नुहाेस

धनगढी उपमहानगरपालिकाको आन्तरिक आय बढ्दै

Image

अत्तरिया – कैलालीको धनगढी उपमहानगरपालिकाले आर्थिक वर्ष २०८१/०८२ मा ३६ करोड आन्तरिक आय सङ्कलन गरेको छ । उपमहानगरपालिकाले सो आर्थिक वर्षमा ३६ करोड ७९ लाख ५६ हजार ६६५ आन्तरिक आय गर्ने लक्ष्य लिएकोमा ३६ करोड २४ लाख २७ हजार २९१ रुपैयाँ आन्तरिक आय गरेको हो । उपमहानगरपालिकाले सो अवधिमा सम्पत्ति कर बापत २ करोड ९४ लाख, ४६ हजार ८०४, भूमि कर बापत १ करोड ९० लाख ६ हजार १७३, वहाल कर बापत ७ करोड ७९ लाख ४९ हजार ४७० रुपैयाँ आन्तरिक राजश्व सङ्कलन गरेको छ । उपमहानगरपालिकाले २९ लाख ४२ हजार ६६७ रुपैयाँ बहाल बिटौरी कर, ११ लाख ८१ हजार ६ सय सवारी साधन कर, ९० लाख ८३ हजार २९९ सरकारी सम्पत्तिको बिक्रीबाट प्राप्त आय, प्रशासनिक सेवा शुल्क बापत २२ लाख १४ हजार ६ सय आय गरेको नगरपालिकाको राजश्व शाखाले जनाएको छ ।

navjiwan hospital

यस्तै नगरपालिकाले शिक्षा क्षेत्रबाट २४ लाख २ हजार ५ सय, परीक्षा शुल्क बापत ७ लाख ८१ हजार २५०, पार्किङ शुल्क बापत १ करोड १४ लाख ६९ हजार ८९०, नक्सा पास दस्तुर बापत ३ करोड ९८ लाख ८५ हजार ६२३ सिफारिस दस्तुर बापत १ करोड ७७ लाख ३८ हजार ६८३, व्यक्तिगत घटना दर्ता बापत १६ लाख ८८ हजार ८ सय नाता प्रमाणित बापत ४ लाख २७ हजार ६ सय आम्दानी गरेको छ । उपमहानगरपालिकाले प्रशासनिक दण्ड जरिवाना बापत ६३ लाख ५६ हजार ३३७ रुपैयाँ, व्यवसाय कर बापत ४ करोड ३१ लाख ८९ हजार ४०२, विज्ञापन कर बापत ३० हजार आम्दानी गरेको छ । उपमहानगरपालिको ३६ लाख २१ हजार ३०३ रुपैयाँ बेरुजु फछ्र्यौट बापत आम्दानी गरेको छ । उपमहानगरपालि आर्थिक वर्ष २०८१/०८२ मा २ अर्ब १८ करोड ४२ लाख ३२ हजारको बजेट ल्याएको थियो ।

attariya hospital

धनगढी उपमहानगरपालिकाले पनि आर्थिक वर्ष २०७८/०७९ २२ करोड १९ लाख २२ हजार ५२० रुपैयाँ, आर्थिक वर्ष २०७९/०८० मा २७ करोड ९२ लाख ४७ हजार ६५० र आर्थिक वर्ष २०८०/०८१ मा ३३ करोड १२ लाख ५२ हजार ४०५ रुपैयाँ आन्तरिक आम्दानी गरेको थियो । यसरी पछिल्लो ४ आर्थिक वर्षको उपमहानगरपालिकाको आन्तरिक आम्दानी बढ्दै गएको देखिन्छ ।

उपमहानगरपालिकाले चालु आर्थिक वर्षका लागि २ अर्ब ५६ करोड ४ लाख ६६ हजारको बजेट ल्याएको छ । जुन अघिल्लो आर्थिक वर्षको तुलनामा ३७ करोड ६२ लाख ३३ हजार ७ सय ८० रुपैयाँले बढी हो । जसमा उपमहानगरपालिकाले आन्तरिक आय ५४ करोड ७९ लाख ६७ हजार १११ रुपैयाँ हुने अनुमान गरेको छ । जुन आर्थिक वर्ष २०८१/८२ मा आएको आन्तरिक आम्दानी भन्दा १८ करोड ५५ लाख ३९ हजार ८१४ रुपैयाँले बढी हो ।