खाेज्नुहाेस

धनगढीमा नालामा नवजात शिशु फाल्ने महिला पक्राउ

Image
file photo

धनगढी – धनगढीमा नाला किनारमा नवजात शिशु फाल्ने महिलालाई प्रहरीले पक्राउ गरेको छ । मंगलबार धनगढी उपमहानगरपालिका–८ भद्रटोलमा नाला किनारमा नवजात शिशु फाल्ने ३० वर्षीय महिलालाई प्रहरीले पक्राउ गरेको हो ।

navjiwan hospital

पक्राउ परेकी महिला विवाहित रहेको र उनका श्रीमान् रोजगारीको सिलसिलामा विदेशमा रहेको जिल्ला प्रहरी कार्यालयका सह–प्रवक्ता प्रहरी निरीक्षक कैलाशसिंह बिष्टले बताए ।

attariya hospital

पक्राउ परेकी महिलालाई थुनामा राखेको उनले बताए । ती महिलाले सोमबार शिशुलाई जन्म दिएको प्रहरीलाई बताएकी छिन । शिशुलाई सेती प्रादेशिक अस्पतालमा राखिएको छ ।