खाेज्नुहाेस

सुदूरपश्चिम महोत्सवको अवधि ४ दिन थपियो

Image
धनगढी – धनगढीमा सञ्चालन भइरहेको सुदूरपश्चिम महोत्सव २०८२ को अवधि ४ दिन थपिएको छ । महोत्सवमा उत्साहजनक सहभागिता, दर्शकको बढ्दो चाप तथा सरोकारवालाहरूको मागलाई मध्यनजर गर्दै अवधि थप गरिएको आयोजक कैलाली उद्योग वाणिज्य संघले जनाएको छ ।
attariya hospital
navjiwan hospital
४ दिन अवधि थपिए सँगै अब महोत्सव पुस ६ गते सम्म सञ्चालन हुने छ । संघका अध्यक्ष पुष्कर राज ओझाले महोत्सवलाई भव्य र सफल बनाउन सहयोग गर्ने सम्पूर्ण व्यवसायी, प्रायोजक, सुरक्षा निकाय, कलाकार, सञ्चारकर्मी तथा दर्शकप्रति आभार व्यक्त गर्दै आगामी दिनहरूमा पनि सबै पक्षबाट निरन्तर सहयोग र सहभागिताको अपेक्षा रहेको बताए ।
संघका अनुसार महोत्सव सञ्चालनको आठौँ दिनसम्म आइपुग्दा सम्म करिब १० करोड रुपैयाँको आर्थिक कारोबार भएको छ भने अनुमानित ३ लाख दर्शकले महोत्सव अवलोकन गरेका छन् । यसले स्थानीय उद्योग–व्यवसाय प्रवर्द्धनका साथै पर्यटन र सांस्कृतिक पहिचान उजागर गर्न उल्लेखनीय योगदान पुगेको आयोजकको दाबी छ । २०६३ सालदेखि निरन्तर आयोजना हुँदै आएको सुदूरपश्चिम महोत्सवको यो १९औँ संस्करण हो ।