धनगढी – कैलालीको धनगढीबाट ५ जना फरार प्रतिवादी पक्राउ परेका छन्।

सोमबार सवारी ज्यान मुद्दामा २० दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–५ तारानगर बस्ने भोज राज केसी, लागूऔषध मुद्दामा ३ महिना कैद सजाय तोकिएका धनगढी उपमहानगरपालिका–८ बस्ने प्रदिप चौधरी, १ महिना १५ दिन कैद सजाय र २ हजार जरिवाना तोकिएका धनगढी उपमहानगरपालिका–३ बस्ने बिशाल बिश्वकर्मा, धनगढी उपमहानगरपालिका–२ बस्ने खगेन्द्र बहादुर सिंह र धनगढी उपमहानगरपालिका–३ बस्ने सागर राजी पक्राउ परेका हुन्।

उनीहरुलाई जिल्ला अदालत कैलाली कैद सजाय तथा जरिवाना ठहर गरेको थियो ।



















