खाेज्नुहाेस

बहु बिबाह र वन मुद्दाका ३ फरार प्रतिवादी पक्राउ

Image

कञ्चनपुर – कञ्चनपुरबाट बहु बिबाह र वन मुद्दाका फरार ३ जना पक्राउ परेका छन्।

navjiwan hospital

लागूऔषध खैरो हिरोइन मुद्दामा ४ वर्ष १० महिना २८ दिन कैद सजाय र ५० हजार जरिवाना तोकिएको कृष्णपुर नगरपालिका–२ बाणि बस्ने ३२ वर्षीय बिरेन्द्र नाथ, बहु बिबाह मुद्दामा १६ दिन कैद सजाय र १ हजार जरीवाना तोकिएको कृष्णपुर नगरपालिका–१ पहरिया बस्ने ६८ वर्षीय गगन सिंह बुढा र वन मुद्दामा ३ महिना कैद सजाय तोकिएको शुक्लाफाँटा नगरपालिका–५ खजुवा बस्ने ७२ वर्षीय बिष्णु दत्त जोशी पक्राउ परेका हुन्।

attariya hospital

जिल्ला अदालत कञ्चनपुरको बिभिन्न मितिको फैसलाले कैद सजाय तथा जरिवाना ठहर भई फरार रहेका तीनै जनालाई आइतवार इलाका प्रहरी कार्यालय झलारी, कञ्चनपुरबाट खटिएको प्रहरी टोलीले पक्राउ गरेको जनाएको छ।