खाेज्नुहाेस

कैलाली कञ्चनपुरबाट लागू औषध सहित ६ जना पक्राउ

Image

अत्तरिया – कैलाली कञ्चनपुरका छुट्टाछटै स्थानबाट लागू औषध सहित ६ जना पक्राउ परेका छन । आइतबार प्रहरीले कञ्चनपुरको पुनर्वासबाट ३ जना, लालझाडिबाट १ जना, दोधरा चाँदनीबाट १ जना र कैलालीको लम्कीचुहाबाट १ जना पक्राउ परेका हुन ।

लालझाडी गाउँपालिका– २ कञ्जबाट २८ वर्षीय छोट राम डगौरा पक्राउ परेका छन । उनको साथबाट २६० मिलिग्राम खैरो हेरोइनसहित पक्राउ गरिएको प्रहरीले जनाएकाे छ ।

attariya hospital
navjiwan hospital

यस्तै पुनर्वास नगरपालिका–५ दोदापुल स्थित बेलौरीबाट धनगढीतर्फ आउँदै गरेको सुदूरपश्चिम प्रदेश ०२–००१ ह १९५० नम्बरको अटोलाई चेकजाँच गर्दा अटो चालक पुनर्वास नगरपालिका–१० बस्ने २२ वर्षीय रोसन सिंह साउद, अटोमा सवार पुनर्वास नगरपालिका–११ बस्ने २० वर्षीय कैलाश खत्री र धनगढी उपमहानगरपालिका–२ बस्ने १८ वर्षीय किशोर खैरो हेरोइनसहित पक्राउ परेका हुन्। उनीहरुको साथबाट १५० मिलिग्राम खैरो हेरोइन बरामद गरिएको छ ।

दोधारा चाँदनी नगरपालिका–१ हल्दुघाट ७२ वर्षीय चन्द्र चन्द पक्राउ परेका छन । उनको साथबाट १८ ग्राम ८१० मिलिग्राम चरेश बरामद गरिएको छ ।

यस्तै जानकी गाउँपालिका–५ घर भई हाल लम्कीचुहा नगरपालिका–३ ब्यवस्थितनगरमा कोठा गरि बस्ने २८ वर्षीय सुनिल कुमार चौधरी लागूऔषधसहित पक्राउ परेका छन। चौधरीको कोठा खानतलासी गर्दा उनको कोठाबाट ८ ग्राम ५८० मिलिग्राम लागूऔषध खैरो हेरोइन फेला पारी उक्त पदार्थसहित उनलाई इलाका प्रहरी कार्यालय लम्की, कैलाली र लागूऔषध नियन्त्रण व्युरो शाखा कार्यालय धनगढीबाट संयुक्त रुपमा खटिएको प्रहरी टोलीले नियन्त्रणमा लिएको जनाएको छ।