नेपाल प्रिमियर लिग (एनपिएल) दोस्रो सिजनको उपाधी लुम्बिनी लायन्सले जितेको छ । सुदूरपश्चिम रोयल्सलाई ६ विकटले पराजित गर्दै लुम्बिनीले उपाधी जितेको हो ।
कीर्तिपुरस्थित त्रिवि अन्तरराष्ट्रिय क्रिकेट रङ्गशालामा टस जितेर पहिला ब्याटिङ रोजेको सुदूरपश्चिम रोयल्स १९ दशमलव एक ओभरमा सबै विकेट गुमाउदै जम्मा ८५ रन मात्रै बनाएको थियो । जसमा सुदूरपश्चिमका लागि ईशान पाण्डेले सर्वाधिक ५१ बलमा ३३ रन बनाएका थिए ।


त्यस्तै कप्तान दिपेन्द्रसिंह ऐरीले १३ रन, हरमीत सिंह र स्कट कुगेलिइनले समान १०/ १० रन जोडे पनि अन्य ब्याट्सम्यानहरूले दोहिरो अङ्कमा रन जोड्न सकेनन् ।
लुम्बिनी लायन्सका बलरहरूले उत्कृष्ट प्रदर्शन गरे । लुुम्बिनीका लागि शेर मल्ल, रुबेन ट्रम्पेलमान र कप्तान रोहित पौडेलले समान तीन/तीन विकेट हात पारे । यस्तै, टीका भन्डारीले एक विकेट लिए ।
लुम्बिनीले सुदूरपश्चिमले दिएको ८६ रनको लक्ष्य ४ विकेटको क्षतिमा ९ ओभरमा पूरा गर्यो। लुम्बिनीका लागि ओपनर दिनेश अधिकारीले ४२ रन जोडे। अर्का ओपरन डार्शी शर्टले १४ रन बनाए।
लुम्बिनीका कप्तान रोहितकुमार पौडेललाई १६ रन बनाए । बलिङमा सुदूरपश्चिमका हेमन्त धामी र दीपेन्द्र ऐरीले २–२ विकेट लिए।
















