खाेज्नुहाेस

अत्तरिया स्थित सिटी सहकारीको अध्यक्षमा खड्का दोहरिए

Image
अत्तरिया – कैलालीको अत्तरियामा रहेको सिटी बचत तथा ऋण सहकारी संस्था लिमिटेडको अध्यक्षमा श्याम बहादुर खड्का दोहरिएका छन् । शनिवार सम्पन्न सहकारीको १४औँ वार्षिक साधारण सभाबाट अध्यक्षमा दोस्रो कार्यकालका लागि खड्का दोहरिएका हुन । समितिको उपाध्यक्षमा पनि तिलक बहादुर खनाल चयन भएका छन् । उनी यसअघि समितिको सदस्य रहेका थिए ।
attariya hospital
सचिवमा भानुभक्त भट्टराई  चयन भएका छन् । उनी पनि यसअघिको समितिमा सदस्य रहेका थिए । कोषाध्यक्षमा टेक बहादुर सिंह चयन भएका छन् ।  यस्तै सदस्य डम्बर बहादुर कुवर, जमुना देवी साउँद र दुर्गा देवी कडायत चयन भएका छन् ।
सञ्चालक समितिको लेखा सुपरिवेक्षण समिति संयोजक तपराज ओझा चयन भएका छन् । उनी यसअघिको लेखा समितिको सदस्य रहेका थिए । लेखा सुपरिवेक्षण समिति सदस्यमा भने नयाँ अनुहार भित्रिएका छन् । जसमा भोजराज जोशी र टंक बहादुर साउँद रहेका छन् ।
यसअघि दुर्गालक्ष्मी बहुमुखी क्याम्पसका पूर्व क्याम्पस प्रमुख डा. डम्बर बहादुर पालको प्रमुख आतिथ्यतामा साधारण सभाको उद्घाटन गरिएको थियो ।
navjiwan hospital
उद्घाटन कार्यक्रममा बोल्दै उनले नेपाल जस्तो आर्थिक रूपमा पछाडि परेको मुलुकको आर्थिक आयआर्जन वृद्धिका लागि सहकारीले महतपूर्ण भूमिका खेलेको बताए । उनले सहकारीलाई आर्थिक नीतिको तेस्रो खम्बाका रूपमा रहेको भए पनि पछिल्लो समय केही व्यक्तिको स्वार्थका कारण भने चुनौती थपिएको बताए ।
‘सहकारीमा आबद्ध केही व्यक्तिको व्यक्तिगत स्वार्थका कारण त्यस्ता सहकारी मात्रै जीर्ण भएका छैनन् त्यसले गर्दा राज्यको आर्थिक अवस्था नै धराशायी हुने अवस्थामा पुगेको छ’ उनले भने ‘हामीले यस्ता कुरामा सजक हुन आवश्यक छ । सिटी सहकारीले पनि विगतको इतिहास हेरेर अगाडि बढ्न आवश्यक छ ।’
साधारण सभामा सहकारीका अध्यक्ष खड्काले संस्थाको वार्षिक प्रतिवेदन प्रस्तुत गरेका थिए भने लेखा प्रतिवेदन संस्थाका लेखा सुपरिवेक्षण समिति सदस्य तपराज ओझाले गरेका थिए । संस्थाको आर्थिक प्रतिवेदन कोषाध्यक्ष कल्पना शाहले प्रस्तुत गरेकी थिइन ।
वार्षिक प्रतिवेदन अनुसार सहकारीले आर्थिक वर्ष २०८१/०८२ मा ९ करोड १४ लाख ३८  हजार बराबरको आर्थिक कारोबार गरेको छ । जसबाट संस्थाले २१ लाख ५४  हजार ५२५ रुपैयाँ मुनाफा आर्जन गर्न सफल छ ।
सो अवधिमा सहकारीले शेयर पुँजी १ करोड ५६ लाख ६० हजार ५ सय रुपैयाँ बढाएको छ भने बचततर्फ ४ करोड ९४ लाख ४० हजार रुपैयाँ  सङ्कलन गरेको छ । सो अवधिमा ७ करोड ३५ लाख १४ हजार रुपैयाँ  ऋणमा लगानी गरिएको सहकारीकी कोषाध्यक्ष शाहले बताइन ।
सहकारीमा हाल १ हजार ३ सय ६७ जना शेयर सदस्यहरू रहेका छन् । साधारण सभा उद्घाटन सत्रको सञ्चालन सहकारीका व्यवस्थापक विष्णु खड्काले गरेका थिए ।