खाेज्नुहाेस

अत्तरियामा रहेको प्रगती बचत तथा ऋण सहकारीको साधारण सभा सम्पन्न

Image

अत्तरिया– कैलालीको अत्तरियामा रहेको प्रगती बचत तथा ऋण सहकारी संस्थाको साधारण सभा सम्पन्न भएको छ । शनिबार एक औपचारिक कार्यक्रमका बिच संस्थाको १४औ वार्षिक साधारण सभा सम्पन्न भएको हो ।

संस्थाका अध्यक्ष प्रताप कडायतको सभापतित्वमा आयोजित कार्यक्रमका प्रमुख अतिथि गोदावरी नगरपालिकाका सहकारी शाखा प्रमुख दिव्यराज जोशी रहेका थिए भने विशिष्ठ अतिथिमा गोदावरी नगरपालिका– २ का वडासदस्य डबल बहादुर साउँद रहेका थिए । कार्यक्रममा संस्थाका वार्षिक तथा आर्थिक प्रतिवेदन संस्थाका कोषाध्यक्ष भोज राज पाण्डेयले प्रस्तुत गरेका थिए ।

attariya hospital
navjiwan hospital

२०६८ सालमा ३५ जनाबाट सहकारी सुरु भएको थियो । स्थापनाताका ४ लाख ९५ हजार शेयरपुँजी रहेको उक्त सहकारीमा आर्थिक वर्ष २०८१÷०८२ को असारमसान्त सम्म ३४ लाख ७४ हजार ४०० रुपैया पुगेको छ । संस्थामा उक्त अवधीमा ३७२ जना शेयरसदस्य रहेका छन । सो अवधीसम्म संस्थाले १ करोड ९२ लाख ४४ हजार ३ रुपैया बराबरको कारोबार गरेको छ ।

संस्थाले साधारण सभाको अवसरमा विभिन्न व्यक्तित्वहरुलाई सम्मानीत गरेको छ । संस्थाका विभिन्न किसिमले सहयोग पु¥याउने ५ जनालाई संस्थाले सम्मानित गरेको हो । संस्थाको प्रगती पारदर्शिता, सहकार्य र समुदाय सेवा प्रर्वद्धन गर्न महत्वपूर्ण भुमिका निभाएको भन्दै संस्थाले चक्र बहादुर कडायत, पर्मानन्द भट्ट, ऋषीराज जोशी, धर्मा कुमारी जोशी र सत्यवती एकेडेमीलाई सम्मानित गरेको हो । उनिहरु सबैलाई संस्थाले टिका खादा तथा सम्मानपत्रले सम्मानित गरेको थियो ।

त्यस्तै संस्थाले सहकारीका उत्कृष्ट बचत कर्ता तथा असल ऋणीलाई पनि कदर पत्रले सम्मान गरेको छ । उत्कृष्ट बचतकर्तामा नायरा जोशी, भोजराज पाण्डेय, लक्ष्मी भट्टराई भाट, सालीभान साउँद, राम बहादुर कडायत र उमा राना लाई सम्मानित गरिएको थियो भने असल ऋणीमा राम मती राना, माया देवी बोहरा, जानकी बोहरा र यज्ञ बहादुर कडायतलाई सम्मानित गरिएको हो । कार्यक्रमको सञ्चालन संस्थाका ऋण समिति सदस्य कमल कडायतले गरेका थिए ।